Home

धर्मोदय सभाको ७७ औं केन्द्रीय वार्षिक साधारण सभा भाद्र १८ गते र नयाँ कार्यकारिणि समितिको लागी १९ गते निर्वाचन सम्पन्न हुने 

ने.सं. ११४२ दिल्ला २७ ( (वि.सं. २०७९ श्रावण १०)

धर्मोदय सभाको ७७ औं केन्द्रीय वार्षिक साधारण सभा आगामि भाद्र १८ गते र नव कार्यकारिणि समितिको निर्वाचन १९ गते सम्पन्न हुने भएको छ। यी महत्वपूर्ण जानकारीहरु धर्मोदय सभाका महासचीव सागरमान वज्राचार्यले जारी गर्नु भएको सुचना पत्र द्वयमा उल्लेख छ।

उद्योगपति पद्म ज्योतिद्वारा धर्मोदय सभालाई जग्गादान

ने.सं. ११४२ दिल्ला २८ (वि.सं. २०७९ श्रावण ११)

धर्मोदय सभाका उपाध्यक्ष पद्म ज्योति बाट धर्मोदय सभाको कार्यालय तथा विहार भवन निर्माणको लागि जग्गादान गरेका छन् । उनले पाटनको बालकुमारीमा रहेको ११ आना जग्गा दान गरेका हुन् । ज्योतिले शनिबार बुद्ध बिहार, भृकुटी मण्डपमा आयोजित एक सभामा धर्मोदय सभाका अध्यक्ष यज्ञमानपति बज्राचार्यलाई जग्गा धनी प्रमाण पत्र हस्तातरण गरेका थिए । जग्गा धनी प्रमाण पत्र हस्तातरण पछि उधोगपति पद्म ज्योति र मिरा ज्योतिलाई धर्मोदय सभाका महासचिव सागरमान बज्राचार्यबाट खादा ओढाई सम्मान र अभिनन्दन गरिएको थियो भने अभिनन्दन पत्र धर्मोदय सभाका अध्यक्ष यज्ञमानपतिले हस्तातरण गरेका थिए । अभिनन्दन पत्र हस्तातरण पछि धर्मोदय सभाका महासचिव सागरमान बज्राचार्यबाट मिरा ज्योतिलाई दोसल्ला ओढाई सम्मान पनि गरिएको थियो। धर्मोदय सभाका अध्यक्ष यजमानपतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा मुख्य अथितिको रुपमा श्रद्धेय भिक्षु कोंदान्य बाट पनि ज्योति परिवारको प्रशंसा गर्दै आगामी दिनमा पनि बुद्ध धर्ममा यस्तै सहयोगको गर्नु हुने आशा व्यक्त गरे । कार्यक्रममा माननीय कृष्ण गोपाल श्रेष्ठले बुद्ध धर्ममा ज्योति परिवारमा भएको दानको उच कदर गर्दै समान व्यक्त गरे ।

Dharmodaya Sabha condemns the vandalizing of Buddha statues in Nepal

Yen (Kathmandu), Dilla 2, 1142 NS (Jully 3, 2022)

Dharmodaya Sabha, the national Buddhist association of Nepal and the Nepal chapter of World Fellowship of Buddhists (WFB) has condemned the vandalizing of the Buddha statues placed beside the Siddhartha highway in the Lumbini province and called the state authorities to stop the heinous crime in the land of the Buddha’s birth.

In a press release, the organization’s Secretary-General Mr. Sagar Man Bajracharya has pointed out that several Buddha statues that have been placed beside the Siddhartha highway in the Draibar Tole of Tilottama Municipality in Lumbini Province has been vandalized for the second time in the recent past and expressed sadness about the local and provincial authorities’ silence on this offensive vandalism. While condemning the offensive misdeed of destroying Buddha statues as a heinous crime in the peaceful land where the Buddha was born, the national Buddhist organization of Nepal has urged the local, provincial authorities and the State to take needful action against the misdeed and the perpetrators involved in the crime and prevent the repetition of such acts in the future.

दिवंगत संघनायक भिक्षु ज्ञानपूर्णिक महास्थविरमा श्रद्दांजली अर्पण कार्यक्रमको जरूरि सूचना

ने.सं. ११४० दिल्ला १३ (२०७७ आषाढ १९)

यस धर्मोदय सभाका धम्मानुशासक श्रद्देय संघनायक भिक्षु ज्ञानपूर्णिक महास्थविरको देहावसान भएकोले उहांमा श्रद्दांजली अर्पण गर्न भोलीआषाढ़ २० ग़ते शनिवार बिस्व शान्ति विहार, नयाँ बानेस्वरमा विहान ९.०० बजे उपस्थित हूनका लागी हार्दिक अनुरोध गर्दछूँ ।


– सागरमान वज्राचार्य,
  महासचिव, धर्मोदय सभा

नेपालका संघनायक श्रद्देय भिक्षु ज्ञानपूर्णिक महास्थविरको निधन  

ने.सं. ११४० दिल्ला १३ (२०७७ आषाढ १९)

अनिच्चावत संखारा उप्पादवय धम्मिनो ! 
उपज्जित्वा निरूज्झन्ति तेसं ऊपसमो सुखो !!

नेपालका संघनायक यस संस्थाका धम्मानुशासक तथा पूर्व अध्यक्ष श्रद्देय भिक्षु ज्ञानपूर्णिक महास्थविर आज नेपाल संवत् ११४० दिल्लाथ्व त्रयोदशी वि.सं. २०७७ असार १९ गते शुक्रवार विहान ४:३५ वजे सुमेरु अस्पतालमा देहावसान भएको छ। श्रद्देय भन्तेको अवसानले बौध्द जगतले एउटा सुनौलो नक्षत्र गुमाउनु परेको यस दुःखद घडीमा श्रध्देय भन्तेलाई निर्वाण फल प्राप्त होस भन्ने कामना गर्दै हार्दिक श्रध्दांजलि अर्पण गर्दछौं।

– धर्मोदय सभा परिवार

  Read : Bhante Gyanapurnika, a cherished memory of the most venerable monk of Nepal

२५६४ औं बुद्ध जयन्ती मनाउने सन्दर्भमा धर्मोदय सभाको अनुरोध

ने.सं. ११४० बछला १० (२०७७ बैसाख २१) 

तत्कालीन राणाशासकहरुले बुद्ध जन्मभूमि नेपालबाट भिक्षुगणलाई देश निकाला गरिसकेपछि नेपालमा बुद्ध धर्मको पुनःस्र्थापना गर्ने उद्देश्य लिई वि.सं. २००१ सालमा प्रवासमा स्थापना गरिएको धर्मोदय सभाले वि.सं. २००७ सालमा नेपालमा राणा शासन अन्त्य भई प्रजातन्त्र बहाली भए पश्चात समस्त बौद्धधर्माबलम्बीहरुको सहयोगबाट बुद्ध धर्मको पुनःस्र्थापना गर्ने उद्देश्य लिई सारनाथबाट नेपालमा कार्यालय स्थानान्तरण गरिएको हो ।

धर्मोदय सभाको पहलमा बैशाख पूर्णिमाको दिन बुद्ध जयन्ति मनाउने क्रममा नेपाल भरी सार्वजनीक विदा दिने प्रचलन तत्कालीन प्रधानमन्त्री मोहन शम्शेरले निर्णय गरी लागू गर्नु भएको थियो । स्मरणीय छ उहाँको बुबा चन्द्रशम्शेर नै हो जसले त्यसबखतका बौद्धभिक्षुहरmलाई नेपालबाट देश निकाला गरेका थिए । सोही वर्षदेखि प्रत्येक वर्ष धर्माेदय सभाले विभिन्न प्रकारले निरन्तररmपमा बुद्ध जयन्ति मनाउने÷मनाउन लगाउने गरीआएको हो ।

यस वर्ष २५६४ औं बुद्ध जयन्ती भव्यताका साथ बुद्ध जन्मस्थल लुम्बिनीमा मनाउने र अन्तरराष्ट्रिय बौद्ध सम्मेलनको पनि आयोजना गर्ने सिलसिलामा सम्माननीय प्रधानमन्त्र्ीको संरक्षकत्वमा शिक्षा तथा पर्यटन मन्त्रीज्यूको अध्यक्षतामा यस धर्माेदय सभा सहितको बृहत आयोजक समिति गठन भई काम अगाडि बढदै आएको थियो ।

       यस संस्थाको नेपालका विभिन्न जिल्लामा रहेका शाखा कार्यालयहरुले केन्द्रको निर्देशन समेतमा आफ्नो क्षेत्रमा भब्यताका साथ बुद्धजयन्ती मनाई आएकोमा यस वर्ष विश्वभर कोरोना भाईरसको आतंकका कारण कार्यक्रमको आयोजना गर्न असहज हुन गएको छ । सोही कोविद–१९ महामारीको कारण लागू गरिएका लकडाउनको कारणले माननीय मन्त्रीज्यूबाट यस वर्ष सामान्य पूजापाठ मात्र गर्ने गरी उपरोक्त कार्यक्रम स्थगन गर्नु पर्ने अवस्था श्रृजना भयो ।

       आफु पनि बचौं अरुलाई पनि बचाऔं भन्ने मूलमन्त्रलाई हृडयंगम गर्दै नेपाल सरकारद्वारा जारी गरिएको लकडाउनलाई पुर्णतया पालना गर्दै समस्त श्रद्धावान जनसमुदायले यही २०७७ साल बैसाख २५ गते बुद्धजयन्तीको पावन दिनमा बुद्ध गुणानुस्मरण गरि आ–आप्mनो घरमा तथागत बुद्धको तस्वीर÷प्रतिमा सजाउनुका साथै

       बौद्ध झण्डा फह¥याउनु हुन एवं बुद्धपुजा, परित्राण पाठ र साँझ दिपावली गरि बुद्धजयन्ती मनाउनु हुन हार्दिक अनुरोध गर्दछौं । यसरी नै यस धर्माेदय सभाले बुद्ध जयन्ती न्युनतम रmपमा मनाएर निरन्तरता कायमै राख्नु उचित देखिएकोले यस सभावाट मनाईने संक्षीप्त कार्यक्रम देहाय अनुसार हुने छन्।

१.  श्रद्धेय भिक्षुणी डा.अनोजावाट बुद्धपुजा सम्बन्धी कार्यक्रमको प्रसारण ।

२.  वज्राचार्य गुरmजु मणिरत्नबाट वज्रयानी परम्पराको स्वस्ति वाचन प्रसारण

३.  आनि छोईङ्ग ड्रोल्माबाट शाक्यमुनीको लयबद्ध मन्त्रवाचन प्रसारण ।

४.  मायादेवी मन्दिरमा बुद्धको प्रतिमामा माल्यार्पण गरि बुद्ध जयन्ती मनाउने ।   

       बैसाख पूर्णिमाको यस पावन दिनमा हाम्रा शाखाहरुले पनि तोकिए बमोजिमको सामाजिक दुरी तथा लकडाउनको निर्देशन लाई पालना गरि आ–आप्mनो क्षेत्रमा बुद्धपुजा, परित्राण–पाठ र घरघरमा साँझ दिपावली गरि बुद्धजयन्ती मनाउनु हुन हार्दिक अनुरोध गर्दछौं ।

 भवतु सब्ब मङ्गलम् !
सागरमान बज्राचार्य
महासचिव
धर्मोदय सभा

Dharmodaya Sabha celebrates 72nd Anniversary of its establishment 

Kathmandu – Nepal’s National Buddhist organization, the Dharmodaya Sabha celebrated its 72nd anniversary with series of religious activities in its headquarters in Kathmandu and outside. More 

बुद्धमूर्तिहरू तोड़फोड़ गरेको बारे गृहमन्त्रीको ध्यानाकर्षण

ने.सं. ११३९ दिल्ला २८ (२०७६ श्रावण १४)

सिद्धार्थ राजमार्गको शंकरनगर खण्डमा हालै मात्र ५ वटा बुद्धमूर्ति तोड़फोड़ गरेको विरोधमा दोषी लाइ तत्काल पक्राउ गरी कड़ा कार्यवाही गर्नका लागि आज २०७६ श्रावण १४ गते  सभाका अध्यक्ष यज्ञमान पति वज्राचार्यको नेतृत्वमा गएको धर्मोदय सभाको बौद्ध प्रतिनिधिमण्डलले  गृहमन्त्री माननीय राम बहादुर थापा “बादल” लाइ भेट गरी ज्ञापन पत्र बुझाईयो।  सभाका अध्यक्ष यज्ञमान पति वज्राचार्यले ज्ञापनपत्र वाचन गर्नु  भएको थियो भने महासचिव सागर मान वज्राचार्यले घटनाको बिस्तृत जानकारी प्रस्तुत गर्दै बौद्धहरूको भावनालाई ध्यान दिनुहुन माननीय गृहमन्त्री  राम बहादुर थापा “बादल” लाइ अनुरोध गर्नुभयो।  प्रत्युत्तरमा गृहमन्त्री माननीय राम बहादुर थापा “बादल”  ले घटना प्रति दुःख प्रकट गर्दै दोषी छिटो पत्ता लगाई कड़ा कार्यवाही गर्ने आस्वाशन दिनुभयो।

बुद्धमूर्तिहरू तोड़फोड़ गरेको बारे धर्मोदय सभाको विरोध 

तिलोत्तमा न.पा.अंतर्गत सिद्धार्थ राजमार्गमा रहेको ५ वटा बुद्धमूर्तिहरू तोड़फोड़ गरेको बारे छलफल गर्न धर्मोदय सम्पूर्ण सदस्य एवं बौद्ध संघ संस्थाहरुलाइ निमन्त्रण

July 23, 2019 (NS 1139 Dilla 21)


Nepali Buddhist deligation returns from Mongolia

June 26, 2019 (NS 1139 Tachhala 23)

The Nepali Buddhist delegation, who attended the 11th General Assembly held in Ulaanbaatar, Mongolia to celebrate its 50th Anniversary of the Asian Buddhist Conference for Peace has returned home after attending the conference which was held from June 21 to 23. The theme of the conference was “Rejuvenation and Way Forward”, on which several members presented their noble opinions. The Nepali Buddhist deligation represented the Nepali Bhikkhu sangha by its president Bhkkhu Maitri Mahathera and chief secretary Bhikkhu Kondanna while the Nepalese Buddhist laity was represented by Dharmodaya Sabha’s Secretary General Sagar Man Bajracharya and its former vice president Suwarna Sakya. 


लम्जुङ्गको बेशीशहरमा आयोजित १२ औं राष्ट्रीय बौद्ध सम्मेलनको समापन समारोहमा जारी गरिएको घोषणा पत्र।

Dharmodaya delegation to China returns home

November 8,  2018 (NS 1139 Kachhala 1)

The Dharmodaya Sabha’s delegation to the 5th International Buddhist Forum held in Fujian, China last month returned home after joining the Buddhist Forum. Senior Vice President  Laxmidas Manandhar had led the delegation while Secretary General Sagar Man Bajracharya, and Devdas Manandhar were other members of the delegation. It is learnt that while the senior vice president Manandhar addressed the Forum, Secretary General Bajracharya presented a paper on “Practicing loving kindness and compassion in building a community of shared future.” They returned home the other day. 


धर्मोदय सभाको अध्यक्ष पदमा                                                 वरिष्ठ बौद्ध विद्वान श्री यज्ञमान पति वज्राचार्य

आश्विन १४ (ने. सं. ११३८ यँला २१)

धर्मोदय सभाको अध्यक्ष पदमा वरिष्ठ बौद्ध विद्वान श्री यज्ञमानपति वज्राचार्य मनोनयन हुनु भएको छ। आज बसेको सभाको विशेष बैठकले उहाँलाई अध्यक्ष पदमा सर्वसम्मत प्रस्ताव गरिएको हो। धर्मोदय  सभाको  परम्परा अनुसार यस वर्ष वज्रयान निकाय बाट अध्यक्ष पद सम्हाल्ने पालो भएको हुँदा सोही अनुसार बौद्ध  विद्वान श्री यज्ञमान पति वज्राचार्यलाई  मनोनयन गरिएको हो।

नवनियुक्त अध्यक्ष श्री यज्ञमान पति वज्राचार्य नेपाल सरकारको महालेखा नियन्त्रक पद बाट  अवकास प्राप्त व्यक्ति हुनुहुन्छ। साथै उहांले ताहाचल क्याम्पसमा अध्यापन गराउनु हुन्छ। नेपाल भाषा एकेडमीका प्राज्ञ श्री वज्राचार्य चर्या नृत्यका प्रसिध्द गुरु समेत हुनुहुन्छ भने काष्ठमण्डप पुनःनिर्माण अभियानका सदस्य पनि।

वज्रयान बौद्ध धर्म सम्बन्धी थुप्रै पुस्तक लेख्नुभएका  श्रीवज्राचार्यका बौद्ध संस्कृतितथा पुरातात्विक  विषयका  पनि थुप्रै लेख रचनाहरु समय समयमा प्रकाशित हुंदै आएको छ। उहाँको मनोनयन  पत्र सभाका  महासचिव श्री सागर मान वज्राचार्यले उहाँलाइ  हस्तान्तरण गर्नुभएको थियो। धर्मोदय सभाको ७५औँ वार्षिक सभा सम्पन्न                         

आश्विन ६ (ने. सं. ११३८ यँला १३)

नेपालको राष्ट्रिय बौद्ध संस्था तथा विश्व बौद्ध भ्रातृत्व संघ (WFB, Bangkok) को नेपाल क्षेत्रीय केन्द्र धर्मोदय सभाको ७५ औ वार्षिक साधारण सभा यही आश्विण ६ गतेका दिन स्थानीय नगरमण्डप श्रीकीर्ति विहारमा सम्पन्न भयो ।

सभाको पहिलो सत्र उद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै महासचिव श्री सागरमान बज्राचार्यले नेपालमा बुद्धधर्मको पुनस्र्थापना गर्ने उद्देश्य लिई वि.सं. २००१ सालमा स्थापना गरिएको यस संस्थाले लुम्बिनीको विकासका लागि अथक प्रयास गदै आएको सन्दर्भ उल्लेख गर्दै लुम्बिनी विकास कोष र धर्मोदय सभाका बिच अत्यन्त सुमधुर रहेको र यो भविष्यमा पनि कायम रहने विश्वास व्यक्त गर्नु भयो । सोही समारोहलाई सम्बोधन गर्दै विश्व बौद्ध भ्रातृत्व संघ (WFB, Bangkok) का समेत उपाध्यक्ष रहनु भएका श्री पद्मज्योतिले अन्तर्राष्ट्रिय जगतमा बुद्धधर्मको विकास क्रमका बारेमा जानकारी दिनु भएको थियो । धर्मोदय सभाका का.वा.अध्यक्ष श्री लक्ष्मीदास मानन्धरको सभापतित्वमा सञ्चालित सो साधारण सभाको उद्धाटन गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष मैत्तेय भन्ते (अवधेश कुमार यादव) ले आफु ब्राम्हण कूलमा जन्मेर पनि कसरी बौद्ध भिक्षु हुन पुगेको भन्ने बारेमा अत्यन्त सारगर्भित मन्तब्य जारी गर्नु भएको थियो । लुम्बिनी विकास कोष र धर्मोदय सभाका बिच अन्योन्याश्रीत र अत्यन्त मैत्रीपूर्ण सम्बन्ध रहेको कुरो सभालाई सुनाउनु भयो । उहांले समारोहलाई सम्बोधन गर्दै दुई संस्थाका बिच विद्यमान सुमधुर सम्बन्ध आगामी दिनमा पनि अज्झ बढी सुदृढ हुंदै जाने विश्वास ब्यक्त गर्नु भयो ।

सभाको दोश्रो सत्रमा वार्षिक प्रतिवेदन तथा लेखा परिक्षण प्रतिवेदन पेश गरिएको थियो । उक्त दुवै प्रतिवेदन सभा द्वारा विस्तृत छलफल पश्चात सर्वसम्मतिले पारित गरियो । सोही समारोहमा सभाका सम्बन्धन प्राप्त संस्था बौद्ध महीला संघ, नेपालका सहसचिव श्री कृष्णकली शाक्यले आफ्नो संस्थाको प्रतिवेदन पेश गर्नु भएको र धर्मोदय सभाका बिभिन्न शाखाहरुले पनि वार्षिक प्रतिवेदन पेश गर्नु भएको थियो । सो सभालाई उपाध्यक्ष द्वय श्री ईन्द्र बहादुर गुरुङ्ग तथा श्री सुचित्रमान शाक्यले पनि सम्बोधन गर्नु भएको थियो ।

       यस पूर्व धर्मोदय सभाको ७५ औ वार्षिक साधारण सभाले निर्वाचन सम्पन्न गरी निम्नानुसारको केन्द्रीय कार्यकारिणी समितिको गठन गरेको थियो । सो सभामा प्रमुख निर्वाचन अधिकृत श्री तेजमुनि बज्राचार्यले निर्वाचन परिणाम घोषणा गर्नु भएको थियो ।

       नवगठीत केन्द्रीय कार्यकारिणी समिति निम्नानुसार रहेको छ ।

उपाध्यक्ष पदमा  –  पूर्व मन्त्री डा. श्री केशवमान शाक्य, पूर्व राज्यमन्त्री श्री ईन्द्र बहादुर गुरुङ,    

                       पूर्व सांसद श्री लक्ष्मीदास मानन्धर, पूर्व सांसद श्री पद्मज्योति,

                       श्री सुचित्रमान शाक्य, श्री रत्नमान शाक्य, श्री त्रिरत्न तुलाधर

महासचिव –  श्री सागरमान बज्राचार्य

सचिव –  श्री अशोकनन्द बज्राचार्य

सह सचिव –  श्री कृष्ण कुमार प्रजापति

कोषाध्यक्ष –  श्री नामग्याल श्रेष्ठ

सह कोषाध्यक्ष –  श्रीमती निर्मला कंसाकार

सदस्य पदमा  –  श्री पुष्पराजन शाक्य, डा. अनुप श्रेष्ठाचार्य, भिक्षुणी केशावती,

                     श्री नविन चित्रकार, श्री मुनिन्द्ररत्न बज्राचार्य, गम प्रसाद गुरुङ,

                     श्री सिद्धिदास मानन्धर (सायमि),

प्रदेश सदस्य पदमा – प्रदेश नं २ – श्री महाविर प्रसाद चौधरी,

प्रदेश नं ३ – श्री पद्म सुन्दर शाक्य,

प्रदेश नं ४ –   प्र.ना.नि.श्री विरसिंह घले,

प्रदेश नं ५ – श्री सुवर्णमुनि शाक्य,

प्रदेश नं ६ – श्री मान बहादुर चौधरी,

प्रदेश नं ७ – श्री नर बहादुर गुरुङ लगायत सदस्यहरु निर्वाचित हुनु भएका छन्। 

        सभाको अन्तमा सभापति श्री पद्मज्योतिले धन्यवाद मन्तव्य दिंदैं सभा विसर्जन गर्नु भएको थियो 

धर्मोदय सभाको केन्द्रीय समितिको “निर्वाचन तालिका-२०७५” अनुसार आज २०७५ आश्विन १ गते (ने.सं. ११३८ यँला ८) प्रकाशीत उम्मेद्वारहरुको अन्तिम नामावली।

धर्मोदय सभाको ७५ औँ केन्द्रीय वार्षिक साधारण सभा सम्बन्धी अत्यन्त जरूरी सूचना

धर्मोदय सभा को वार्षिक साधारण सभा सम्बन्धी अत्यन्त जरुरी सूचना

फागुन १४ गते (ने.सं. ११३६ सिल्ला १८)
काठमाण्डु – पूर्व निर्धारित कार्यक्रम अनुसार यस सभाको ७२ औं वार्षिक साधारण सभा, यही फागुन २९ गते लुम्बिनीमा आयोजना गर्ने निधो भएकोमा मिति २०७२/११/१३ गते बसेको केन्द्रीय समितिको बैठकले विशेष कारणवश सो रद्द गरी ७२ औं वार्षिक साधारण सभा यही २०७२ साल चैत्र २० गते कीर्तिपुर, काठमाण्डुमा आयोजना गर्ने निर्णय गरिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
आज्ञाले
सागर मान वज्राचार्य 
महा सचिव

धर्मोदय साधारण सभाको सूचना 

जेठ ३१ गते (ने.सं. ११३८ तछला १) 
धर्मोदय सभाको विधान (चौथो संशोधन) सम्बन्धित सरकारी निकायवाट अनुमोदन भई आएको व्यहोरा सभाका सभाका सम्पूर्ण आदरणीय सदस्यज्यूहरु लाई जानकारी गराउदछु । सोही विधान अनुसार सभाको ७५ औ वार्षिक साधारण सभा तथा केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन क्रमश: यही २०७५ साल भाद्र १५ गते र भाद्र १६ गते काठमाण्डूमा आयोजना हुन गई रहेकोले तत्सम्बन्धमा सदस्यज्यूहरूको ठेगाना तथा अन्य विबरण अपडेट गरिरहेको हुँदा कृपया आफ्नो ठेगाना र सम्पर्क नम्बर टेलीफोन वा मोबाईल नम्बर यथाशीघ्र कार्यालय लाइ उपलब्ध गराइदिनु हुन हार्दिक अनुरोध गर्दछु।
सागर मान वज्राचार्य

महा सचिव धर्मोदय सभाको ७५ औँ केन्द्रीय वार्षिक साधारण सभा सम्बन्धी अत्यन्त जरूरी सूचना

भाद्र २९ गते (ने.सं. ११३८ यँला ५)

नयाँ संविधान बारे धर्मोदय सभामा छलफल हुने

आश्वीन ०५ गते (ने.सं.११३५ यँला ९) 
काठमाण्डु – नयाँ बनेको नेपालको संविधान बारे धर्मोदय सभाको कार्यकारीणी सभाले छलफल गरिने भएको छ। उक्त छलफलको लागी भोली आश्वीन ०६ गते (ने.सं.११३५ यँला १०) बुधबार साँझ ३:३० बजे धर्मोदय सभाको कार्यालय, बुद्ध विहार, भृकुटीमण्डपमा कार्यकारिणी समितिको बैठक बोलाइएको छ। साथै सम्बन्धित सूचना नपाएका महानुभावहरुलाइ यही सूचना द्वारा बैठकमा भागलिन आव्हान गरिन्छ।

Peace Rally held in Kathmandu for Secular Nepal

September 7, 2015

Kathmandu – A large group of Nepali people held a peace rally in Kathmandu yesterday advocating a secular Nepal. They also protested the attempt of re-turning Nepal into a Hindu State. In drafting the new Constitution of Nepal, the vested group in the Government has been attempting to re-turn Nepal a Hindu State again against the will of diverse religious communities of Buddhism, Christianity, Muslim, and Kirat. The protestors advocated the importance of retaining Nepal a secular State for equal respect to all the religions in Nepal. The peace rally started from Bhrikuti Mandapa (an exhibition park) in the capital city at 11:00 a.m. marched up to the International Convention Hall in Baneswar, where they staged a sit-in program. Thousands of people belonging to several religious schools of Nepal displayed many placards that read “We want secularism.” “No to mono religion policy.” “We shall not accept the new constitution without secularism.” “Down with the Hindu State.”

        Nepal, the birthplace of the Buddha and a nation of diverse nationalities was declared a “Hindu State” in the 1960 Constitution by the then Hindu ruler. After several mass protests in 1990 and 2006 against the discrimination by the Hindu domination, an interim Constitution in 2007 declared Nepal a secular federal state of inclusive democracy.  

         However, since the return of Nepali Congress and Nepal Communist Party (UML) parties to power in 2013, the vested group has been re-attempting to turn Nepal back to Hindu country again. The Hindu State in the past has discriminated other religious communities in Nepal. The Dharmodaya Sabha and many other religious groups belonging to Buddhist, Christianity, Muslim and Kirat have advocated a secular Nepal that will provide equal respect to all religions in Nepal. 

 (By Suwarn Vajracharya)

For more photos, please click here. 

What is Dharmodaya Sabha?

The Dharmodaya Sabha, the first and foremost national Buddhist organization in Nepal is the only organization made up of all Buddhists representing the schools of Theravada, Mahayana and Vajrayana, and diverse nationalities of Nepal. The central office is located at Bhrikuti Mandapa in the heart of Kathmandu city, with more than fifty branches all over Nepal. The Dharmodaya Sabha is also the Regional Center of the World Fellowship of Buddhists with its headquarters in Bangkok, Thailand.       While thanking you for visiting our website, please click “Contact” above if you would like to feedback, comment or make any suggestion. To know more about Dharmodaya Sabha, please continue to read below. Dharmodaya Sabha – The National Buddhist Organization & Nepal Regional Center of the World Fellowship of Buddhists (WFB) 

The Dharmodaya Sabha was established in 1944 in Benaras, Saranth, India to protest against the expulsion of five Buddhist monks from Nepal, the country where Lord Buddha was born in 623 B.C., by the then Rana prime minister of Nepal. The family regime of the Rana was the most undemocratic and autocratic family of the Rana. It was gross unjustice to expel the Buddhist monks from Nepal known in the history of Nepal as the land of the Buddhas as mentioned in the Swayambhu Purana of Nepal.  More

धर्मोदय सभा – संक्षिप्त चिनारी

शान्तिका अग्रदूत भगवान बुद्धको जन्मभूभि नेपालमा भगवान बुद्धद्वारा प्रतिपादित बौद्ध धर्मको समुन्नति भैरहेको स्वर्णकालका ईतिहांस पुण्यभूभि नेपालको अत्यन्त गौरवमय समय हो। कालान्तरमा नेपालका शासकहरु को चेतनामा -हास आए पछि यसले विलुप्त हुने अवस्थासम्म सृजना भएको थियो। पुरा

Latest News & Activities

For latest news and activities, please visit our Facebook Account

Newest Members