धर्मोदय सभाका नवनियुक्त अध्यक्ष भिक्षु ज्ञानपुर्निक महास्थवीर वाट पदभार ग्रहण
आज २०६८ पौष २५ गते सोमवारका दिन नवनियुक्त अध्यक्ष भिक्षु ज्ञानपुर्निक महास्थवीर लाइ धर्मानुशासक श्री फणिन्द्र रत्न वज्राचार्य, केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरु र केन्द्रीय सल्लाहकार समितिका सदस्यहरुवाट खादा अर्पण गरि स्वागत गर्नु भयो। त्येस्पछी नवनियुक्त अध्यक्ष भिक्षु ज्ञानपुर्निक महास्थवीर वाट पदभार ग्रहण गर्नु भई बैठकको अध्यक्षता गर्नु भयो। बैठकको प्रारम्भमा सचिव श्री सागर मान वज्राचार्यले आजको बैठकको बारेमा संक्षिप्त जानकारी दिनु भयो। पंचशील प्रदान गरि प्रारम्भ गरिएको सो बैठकलाई सम्बोधन गर्नुहुँदै नवनियुक्त अध्यक्षले सभावाट प्रस्ताव भए अनुसार अध्यक्ष पद स्वीकार गर्नका लागि सभाका वरिस्थतम पदाधिकारीहरुवाट विशेष अनुरोध गरियको र परिस्थितिअनुसार पनि उक्त अनुरोध अस्विकार गर्न अनुपर्युक्त देखिएकोले अध्यक्ष पद स्वीकार गरेको बताउनु भयो। उहाँले रानाहरूले भिक्षुहरुलाई देशनिकाला गरे पछि नेपालमा बुद्धशासनको पुनर्स्थापना गर्नका लागी गठन गरिएको यस धर्मोदय सभालाई अज्झ अगाड़ी बढ़ाउन प्रयत्न गर्ने बताउनु भयो। यस सभाले बौद्ध धर्मको मात्र नभई नेपलभाशाको उन्नतिका लागि समेत सेवा गरेको स्मरण गर्नु भई त्येतीबेलाको जोश र जांगरलाई निरंतरता दिई फेरी जुर्मुर्याएर काम गर्न आबस्यक भएको औंल्याउनु भयो। उहाले यस सभाको ६८ औं वार्षिक साधारण सभा बोलाउने बारे कसैले सृजना गरेको भ्रमको बारेमा समेत ध्यान दिई अगाड़ी बढ़नु पर्ने बताउनु भयो। वर्तमान केंद्रीय समिति र सल्लाहकार समितिमा क्षमतावान ब्यक्तिहरु कार्यरत रहेको हुंदा रास्ट्रीय मात्र नभई अंतररास्ट्रीय क्षेत्रमा समेत अगाड़ी बढ़नु पर्ने हुंदा के कस्तो काम गर्न उपर्युक्त हुन्छ त्यसतर्फ लागों भन्दै उहाँले धर्मंनिरपेक्षताको सवालमा पनि चासो लिईरहनुपर्ने आबस्यक छ भन्नु भयो। त्यस्तै नेपालमा रहेका अन्य सानातिना बौद्ध संघसंस्थालाई पनि समेत्नुपर्ने भन्दै आफ्नो स्वास्थमा केही समस्या भए तापनी पूर्ण स्वस्थ ब्यक्ति सरह काम ग़री संस्था लाई अगाड़ी बढ़ाउन प्रयत्नशील रहने बताउनु भयो। सोही बैठकमा महासचिव श्री रत्नमान साक्यले स्रद्देय भन्तेको निर्देशनमा रही काम गर्ने अवसर मिलेकोमा खुसी ब्यक्त गर्दै बौद्ध जनमानसले धर्मोदय सभाका साथी लुम्बिनिको तीब्र विकास भएको हेर्न चाहेको बताउनु भयो। सोही अवसरमा सल्लाहकार डा त्रिरत्न्मान तुलाधरले सूचना प्रवाहको कार्य गतिलो गर्नुपर्ने आबस्यक भएको औंल्याउनु भयो। यस्तै अर्का सल्लाहकार डवलकाजी तुलाधरले कार्यालयको समय परिवर्तन गर्न सूझाव् दिनु भयो। सोही बैठकमा सचिव श्री सागर मान वज्राचार्यले सभाको वेबसाइट ईमेल आदिको बारेमा जानकारी दिनु हुँदै संपूर्ण पदाधिकारी तथा सल्लाहकारहरुले इलेक्ट्रोनिक मीडियाको उपयोग गर्नु हुन आग्रह गर्नु भयो। अन्तमा अध्यक्षज्यु वाट सबैलाई साधुवाद दिनुभई बैठक विसर्जन गर्नुभयो।
धर्मोदय सभाका पूर्ब अध्यक्ष तथा आजीवन सल्लाहकार श्री लोक दर्शन वज्राचार्यको निधन
नेपालका बौद्ध समाज तथा अन्तर्रास्ट्रीय बौद्ध समाजका ख्यातिप्राप्त ब्यक्तित्व एवं धर्मोदय सभाका पूर्व अध्यक्ष तथा आजीवन सल्लाहकार श्री लोक दर्शन वज्राचार्यको यही २०६८ साल चैत्र २३ गते ८२ वर्षको उमेरमा नर्विक अस्पतालमा उपचार गर्दागर्दै निधन भएको थियो। उहाँको निधनले धर्मोदय सभा तथा समस्त बौद्ध समाजले अपूर्णीय क्षेति बेहोर्नुपरेको छ। धर्मोदय सभा उहाँ लाई निर्वाण हेतु लाभ प्राप्त होस भनी प्रार्थना गर्दछ।
Dharmodaya Sabha holds its 69th AGM
२६ औं बिश्व बौद्ध सम्मेलन सम्पन्न
दक्षिण कोरियाम़ा सम्पन्न २६ औं बिश्व बौद्ध सम्मेलनले WFB को कार्य समिति गठन गर्न निर्वाचन सम्पन्न गरेको छ। उक्त निर्वाचनले येस सभाका उपाध्यक्ष म़ा. पद्मज्योती लाई WFB को उपाध्यक्षम़ा निर्वाचन गरेको छ। यसरी नै WFB को वातावरण समितिको उपाध्यक्षम़ा सभाका महासचिब रत्नम़ान शाक्य निर्बाचित हुनु भएको छ।
वि.सं.२०७० मा गठीत संविधान सभावाट निर्माण हुने नया संविधानका लागी नेपालको राष्ट्रीय बौद्ध संस्था धर्मोदय सभा ले पेश गरेका सुझावहरु।
क ) नेपाल एउटा ऐतिहासिक काल प्राग ऐतिहासिक कालदेखी नै बुद्धभूमि रही आएको छ। नेपाल बुद्धहरुको पवित्र जन्मभूमि हो। कनकमुनि बुद्ध , क्रकुच्छन्द बुद्ध र गौतम बुद्ध को जन्म तथा क्रीड़ाभूमि हो। शान्तिका महा नायकतथागत गौतम बुद्ध बोधिसत्त्व सिध्दार्थ गौतमको रुपमा पावन पुण्य भूमि रमणीय शालोद्यान लुम्बिनी मा आज भन्दा २६०० वर्ष अगाडि जन्मनु भएको थियो। नेपालको अमोघसिद्दी को रुपमा रहेको राष्ट्रीय निधि ,विश्व सम्पदा सूचीमा समेत सूचीकृत महान सम्पदा को संरक्षण गर्नु हामी समस्त नेपालीहरुको परम कर्तब्य हो। यिनै तथ्य लाई हृदयंगम गर्दै नया निर्माण हुन गई रहेको संविधानमा नेपाललाई बुद्ध को पवित्र जन्मभूमि तथा विश्व को सर्वोच्च शिखर सगरमाथा रहेको विश्व को एक मात्र मुलुकको रुपमा परिचित गराउन प्रस्तावनाको शुरुवात (पहिलो हरफ ) मा नै “विश्व को सर्वोच्च शिखर सगरमाथा र भगवान बुद्ध को पवित्र जन्मभूमि नेपालका हामी सार्वभौमसत्ता र राजकीय सत्ता सम्पन्न नेपाली जनता उल्लेख गर्ने र उक्त हरफ अपरिवर्तनीय गर्नका लागि पनि अनुरोध गर्दछौ।
(ख ) विगत लामो समय देखि राज्यद्वारा अपनाईएका एकात्मक धर्मको विरुध्द मा नेपालमा धार्मिक स्वतंत्रता ल्याउन एवं सही तवरले पुन बुद्ध धर्म को उदय गराउना खातिर आज भन्दा सात दशक अगाडि नै धर्मोदय सभा को स्थापना गरी धार्मिक आंदोलन लाई अग्रसारिता दिइएको इतिहास साक्षी छ। तत्कालीन समय मा शान्ति का महानायक तथागत बुद्ध द्वारा प्रतिपादित धर्म र दर्शनलाई सही तवरले प्रचार गर्नु भएका श्रध्देय भिक्षुहरुलाई देश निकाला गरेको थियो भने सोहि वेला दिवंगत श्रध्देय भिक्षु अमृतानन्द महास्थविरको विशेष पहलमा मित्रराष्ट्र श्रीलंका वाट श्रध्देय भिक्षु नारद महाथेर को अगुवाईमा आउनु भएको टोलिले तत्कालीन राणा शासकसित को सम्वाद पस्चात धार्मिक वातावरण सुगम हुँदै गएकोमा धर्मोदय सभा को विशेष भूमिका रहेको कुरा निर्विवाद छ। नेपालको राजनीतिक क्रान्ति हुनु अगावै धार्मिक क्रान्तिले अग्रसारिता लिएको पनि इतिहास साक्षी छ। नेपाल प्राग ऐतिहासिक काल देखिनै बहुजातीय ,बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकोमा तत्कालीन शासकवर्गमा रहेको मनुस्मृति जस्ता कुत्सित भावना वाट ग्रसित भै राज्यद्वारा गरिएको / लाडिएको धर्ममा विभेद गर्ने नीतिले धेरै कालसम्म बुद्ध धर्म लगायत अन्य धर्म र अनुयायीहरुले प्रताडित भइरहनुपरेको थियो।जहाँ थिचोमिचो र दमन हुन्छ त्यहाँ विद्रोह र आन्दोलन हुन्छ। त्यही विद्रोह र आन्दोलन को स्वरुप बुद्ध धर्मानुयायीहरु लगायत अन्य धर्मानुयायीहरु, आदिवासी जनजाति हरु ले आफ्नो वलबुताले भ्या ए सम्म संगठित रुपमा आवाज़ बुलन्द गरी मुलुकमा धार्मिक समानता प्राप्त गर्न र धर्म निरपेक्ष राज्य घोषणा गराउन जोड़दार माग गर्दै आएको स्मरण गराउदछौ। यसरी नै पीड़ित तथा उपेक्षित समुदाय लगायत आम नेपाली आम जन समुदाय आन्दो लन रत भै क्रियाशील भै आएको कारण नेपालका राजनैतिक शक्तिहरुमा धर्म निरपेक्षता को छाप पर्न गएको र २०६२-६३ को सफल जनआन्दोलन पश्चात मिति २०६३ साल जेष्ठ ४ गते नेपाल धर्म निरपेक्ष राज्य घोषणा गरियो। नेपाल धर्म निरपेक्ष राज्य घोषणा गरिए पश्चात निर् मित नेपालको अन्तरिम संविधान-२०६३ ले समेत यो घोषणा लाई मान्यता दि इयो।
स यौं नेपालीको वलिदानले प्राप्त भएको सम्बैधानिक मान्यता र पहिलो संविधान सभाको ऐतिहासिक प्रथम बैठक वाट सर्वाधिक मतले अनुमोदित धर्म निरपेक्ष राज्य र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल को घोषणा हुनु नेपालको इतिहासमा सर्वथा अद्वितीय रहेकोछ। अत यस्तो ऐतिहासिक उपलब्धिलाई सम्मान गर्नु समस्त नेपालीको परम कर्तब्य भएको हुंदा आगामी संविधानमा नेपाललाई धर्म निरपेक्ष राज्य र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नै कायम गर्नु पर्ने र यो घो षणा अपरिवर्तनीय रह नु पर्ने समस्त बौद्ध हरुको राष्ट्रीय संस्था धर्मोदय सभा को जोड़दार माग र सुझाव र हेकोछ।
(ग ) धर्म निरपेक्ष राज्य र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल को सम्बैधानिक राष्ट्रीय निधि र पूंजी हो। धर्म निरपेक्ष ता र संघीय लोकतान्त्रिक गणतन्त्रता स्वीकार गरिसकिएको वर्त्तमान अवस्थामा पुन कोही कसैले कुनै धर्म ,धार्मिक शक्ति र ब्यक्ति माथि आँच आउने ,पुर्याउने ,आक्षेप गर्ने गराउने क्रियाकलाप नगरी नगराई महान करुणा ,मैत्री ,मुदिता र उपेक्षा जस्ता चतुब्रम्ह विहारी अवस्थामा रही आचरण गर्ने ,ब्यवहार गर्ने , परस्पर समन्वय र सहिष्णुता राखी आ -आ फनो ,ब्यवहार स्वतन्त्र रुपले गर्ने सुअवसर को सुनिश्चिन्तता को व्यवस्था हुने संवैधानिक हक़ अधिकारको व्यवस्था आगामी संविधानमागर्न धर्मोदय सभा को जोड़दार माग र सुझाव र हेकोछ।
(घ ) अरबों हिन्दू जनता रहेको र प्रशस्त हिन्दू तीर्थस्थल रहेको मुलुकले आफ्नो मुलुकलाई बनाउन नखोजेको र बनाउन नचाहेको “हिन्दू रास्ट्र” को मन्त्रणा लाई अत्यधिक संख्यामा गै -ह हिन्दू हरु रहेको बहुभाषिक , बहुधार्मिक ,बहुसांस्कृतिक र बहुजातीय स्वाभिमान मुलुक नेपाललाई “हिन्दू रास्ट्र” बनाउने दुःस्वप्न तथा शहीद को रगतको अवमूल्यन गर्ने दुष्प्रयास लाई संविधान सभा एवं राष्ट्र प्रेमी कुनै पनि नेपाली नागरिकले कुनै हालतमा स्वीकार गर्न नसक्ने /नमिल्ने हुंदा सोही बमोजिमको संवैधानिक ब्यवस्था आगामी संविधानमा गर्न धर्मोदय सभा जोड़दार माग गर्दछ।
– धर्मोदय सभापरिवार तथा समस्त बौद्ध हरुको तर्फ बाट
लक्ष्मीदास मानन्धर
का. वा. अध्यक्ष
Seminar held on the Topics “Buddhism and Environment Conservation”.
Paper presented by Lecturer Tri Ratna Manandhar.The full text of Paper is as follows :
Dharmodaya Sabha and all other Buddhist organizations deeply regret and condemn the Communal attacks on Buddhist Shrines in Bangladesh.
The Dharmodaya Sabha and all other Buddhist organizations of Nepal, present a Protest letter against the violation held in Bangladesh on 29th of September, 2012 to the Act. Ambassador of Bangladesh on 12th October, 2012. Mr. Padma Jyoti, Vice President of World Fellowship of Buddhists and Dharmodaya Sabha express the voice of Buddhists on behalf of the delegation. Secretary General of The Dharmodaya Sabha, Mr. Ratna Man Sakya handed over Protest letter to the Acting Ambassador. The full text of Protest letter is shown below:
His Excellency the Ambassador of Bangladesh
Maharajgunj, Kathmandu, Nepal
Ref.: Letter of notification of complaint for necessary action.
The Dharmodaya Sabha, the apex organization of Buddhists and Regional Centre of World Fellowship of Buddhists together with coordination for Preservation of Buddhist Concerns and Buddhist communities and all other Buddhist organizations deeply regrets and condemns the tragic incidents in Bangladesh on 29th of September, 2012 where violent mob attacked and senselessly destroyed Buddhist Monasteries and houses of Bangladeshi Buddhist community. Such type of incident could provoke the people and disturb peace and harmony in the society.
There is need to strictly adhere to the norms of religious feeling and not to allow any kind of provocation on communities. We earnestly request the Government of Bangladesh to take serious action to provide safety and peace to the Buddhist Monasteries and the people and maintain religious harmony which has existed so well in Bangladesh.
We hope that harmony, compassion and peace will be restored among all communities in Bangladesh at the earliest.
Related Buddhist organizations of Nepal
- Dharmodaya Sabha, Nepal
- All Nepal Bhikkhu Association
- Nepal Buddhist Federation
- Nepal Vajrayan Mahasangh
- Buddhist Youth Group, Kathmandu
- Young Men’s Buddhist Association, Nepal
- Buddhist Youth Committee, Lalitpur
- Buddhist Awareness Centers, Bauddha
- Vajracharya Samrakshan Guthi, Kathmandu
बंगलादेसमा भएको बुद्धमूर्ति तथा विहारहरुको तोडफोड गरेको बारे धर्मोदय सभाको प्रेस विज्ञप्ति